PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने 'चार भाइ'का लागि वसन्त चौधरीले पीपीई दिने



पहिलोपोस्ट

लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने 'चार भाइ'का लागि वसन्त चौधरीले पीपीई दिने

काठमाडौं : लकडाउनको समयमा आफ्नो निजी कारलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने समूहलाई नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गर्ने भएका छन्।

पहिलोपोस्टमा सोमबार 'लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने यी चार भाई' शीर्षकमा समाचार प्रकाशित भएपछि चौधरीले चार जनाको समूहलाई पीपीई दिने बताएका हुन्।

उक्त समूहमा सुभाष श्रेष्ठ, सुधिर रेग्मी, राज श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ रहेका छन्। समाचारमा एम्बुलेन्समा विरामी बोक्दा व्यक्तिगत सुरक्षा सामग्री प्रयोग नगरेको र अब जोहो गर्न लागेको उनीहरुले बताएका थिए।

पीपीई उपलब्ध गराउन लेखक अमृता लम्सालले चौधरीलाई आग्रह गरेकी थिइन्। उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् सहयोगी युवाहरुलाई एकएक थान पीपीई उपलब्ध गराउन आग्रह गरेकी हुन्। एउटा अनुरोधमै सकारात्मक जवाफ आएको भन्दै लम्सालले लेखेकी छिन्,'मेरो लागि सामाजिक सञ्जालले ठूलो महत्व राख्दछ।'

गाडी धनी सुभाष श्रेष्ठले आफूहरुले व्यक्तिगत सुरक्षाका लागि पीपीईको खोजी गरिरहेको भए पनि तत्काल कतैबाट उपलब्ध नभएको बताए। 'चौधरी सरले दिने भनेको सुनेर खुशी लाग्यो,' उनले भने, 'उहाँलाई धन्यवाद छ।'

यो पनि पढ्नुस् : लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने यी 'चार भाइ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell