PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भर्चुअल नाटक महोत्सवको बाह्रौं दिन, आज 'लाटीको छोरो' देखाइने



पहिलोपोस्ट

भर्चुअल नाटक महोत्सवको बाह्रौं दिन, आज 'लाटीको छोरो' देखाइने

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’मा आज नाटक 'लाटीको छोरा' प्रसारण हुने भएको छ। श्याम शाहको कथामाथि बनेको नाटकलाई निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन्।

लैङ्गिक उत्पिडन, यौन दुर्व्यहार, जातीय विभेद र राजनीतिक शक्तिको दुरुपयोग नाटकको केन्द्रमा रहेको छ। न्याय दिने, सजाय दिने, निर्णय दिने, शिक्षा दिने भनिएकाहरु नै चेतनाशून्य रहेका छन्। कोबाट कस्तो परिवर्तनको अपेक्षा गर्ने भन्ने प्रश्न उठाएको छ 'लाटीको छोरो'ले।

तीन वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटकमा कलाकार केनिपा सिंह, टीका पहारी, सन्दिप पौडेल, कुन्दन थारु, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले समेत अभिनय गरेका छन्।

नाटकको भिडियो साँझ ठीक पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् प्रसारण हुनेछ।

थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले यस भर्चुअल महोत्सवलाई संयुक्त रुपमा आयोजना गरेका हुन्। त्यस्तै काठमाडौंका अन्य थिएटरको समेत सहकार्य तथा सहभागिता जनाएका छ। 

यो पनि पढ्नुस् : 'लाटीको छोरो' नाटक मात्र होइन 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell