PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ : सुरक्षा पन्त अभिनित 'क्लेशा' प्रसारण हुँदै



पहिलोपोस्ट

‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ : सुरक्षा पन्त अभिनित 'क्लेशा' प्रसारण हुँदै

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत् आज नाटक 'क्लेशा' देखाइने भएको छ। प्रतीक्षा कट्टेल लिखित नाटकको निर्देशन विजया कार्कीले गरेकी हुन्।

मानवीय स्वभावलाई प्रत्यक्ष प्रभाव पार्ने सामाजिक संरचना र राजनीतिक व्यवस्था बारे पनि विवेचना गरेको छ यस नाटकले। जो पदमा हुन्छ सारा शक्ति उसँग रहन्छ। तत्कालीन प्रधानपञ्चको परिवारले गाउँले माथि गरेको ज्यादतीलाई प्रतिनिधि घटनाको रूपमा देखाइएको छ।
उनीहरुको दमन सहँदै आएकाहरु भाग्न सधैं निरीह रहँदैनन्। पीडितसँग पनि आवाज हुन्छ, शक्ति हुन्छ भन्ने यथार्थ प्रष्ट्याउने पात्रहरु पनि छन्।

दश महिनाअघि मण्डला थिएटरमा मञ्चन भएको नाटकमा सृजना अधिकारी, रुजु शर्मा, कुशल पाण्डे, सविना थापा, राज खड्का, सुदिप खतिवडा, तुफान थापा, सविन भट्टराई, अमृत काउचा, स्वप्निल घिमिरे लगायतको अभिनय रहेको छ।

नाटकको भिडियो साँझ ठीक पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् प्रसारण हुनेछ।

थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले यस भर्चुअल महोत्सवलाई संयुक्त रुपमा आयोजना गरेका हुन्। 

यो पनि पढ्नुस् : गम्भिर सामाजिक दुर्घटनाको कारण केलाउने 'क्लेशा'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell