PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

व्यापारी अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति



पहिलोपोस्ट

व्यापारी अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : कालोबजारी अभियोगमा मंगलवार पक्राउ परेका जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल सात दिन हिरासतमा बस्ने भएका छन्। बुधवार जिल्ला प्रशासन कार्यालयबाट कालोबजारीमा ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

मंगलवार महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार अग्रवाललाई नियन्त्रणमा लिएको थियो। अग्रवालको कम्पनीले ज्वरो नाप्ने थर्ममिटर १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट ६७ वटा थर्मल गन जफत गरिएको छ। उनले भने ती सामग्री आफ्नो कार्यालय प्रयोजनका लागि ल्याएको दावी गर्दै आएका छन्। प्रहरीले उनको घरमा पनि छापा मारेको थियो। तर, त्यहाँ केही फेला भने पार्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell