PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिडिओले गीत लेखे, एसपीले सडकमा नै गाए



पहिलोपोस्ट

सिडिओले गीत लेखे, एसपीले सडकमा नै गाए

काठमाडौं : लकडाउनको कारण देश सुनसान छ। मानिसलाई घरबाट ननिस्किन सरकारले आह्वान गरिरहेको छ। मानिस पलपलमा कोरोना र लकडाउनबारे जानकारी राख्न चाहिरहेका छन्। त्यसैले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सूचना तथा जनचेतना जगाउनु पनि उतिकै आवश्यक छ।

यसै बीच रौतहटको गौरमा बिहीवार सशस्त्र प्रहरी बलका एसपी नै सडकमा निस्किएर कोरोना सम्बन्धि गीत जाएर जनचेताना फैलाएका थिए। एसपी रविनराज कर्णजित सडकमा नै आएर गीत गाएका हुन्।

'पछुताउनु पर्ला है कोरोना भाइरसले।

बाहिर फेर भिडभाडमा हिँड्नाले।।

गीत नेपाली चललिचत्र चिनोको 'मोहनी लाग्ला है...' को शैलीमा गाएका छन् उनले। एसपी कर्णजितले गीत गाइरहँदा मानिस घरका झ्याल तथा कौसीबाट हेरिरहेका थिए।

'पुलिसले लकडाउनमा डन्डा नै हान्नुपर्छ भन्ने हँदैन। गीतबाट पनि सचेतना तथा मनोरञ्जनको लागि काम गर्नसक्छ,' एसपी कर्णजितले गीत गाउनाको कारण सुनाए।

बुधवार बसेको जिल्ला सुरक्षा समितिमा गीतबाट सचेतना फैलाउने छलफलपछि गीत रचिएको थियो। गीत भने जिल्ला प्रशासन कार्यालय रौतहटका सिडिओ बासुदेव घिमिरेले लेखेका हुन्। 'बैठकमा छलफल भएपछि सिडिओ सा'बा आफैंले गीत लेख्नु भएको हो,' एसपी कर्णजितले सुनाए।

यसअघि इलाका प्रहरी कार्यालय इटहरीमा पनि प्रहरीले कोरोना सम्बन्धित गीत बनाएर सचेतना फैलाएको थियो। भारतमा पनि अहिले एसपीहरु गीत मार्फत नै लकडाउन व्यवस्थित गर्न लागि परेका छन्।

यो पनि पढ्नुहोस्

लकडाउन सिर्जना : प्रहरीलाई आएको त्यो कल जसले बनायो यस्तो गीत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell