PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

लकडाउनमा भक्तपुर : बिस्का रोकिएसँगै बन्द भए मन्दिर

लकडाउनमा भक्तपुर : बिस्का रोकिएसँगै बन्द भए मन्दिर

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : आज वि सं २०७६ को अन्तिम दिन। कोरोना भाइरसको कहरले देशमा लकडाउन छ। त्यसैले नयाँ वर्षको पूर्व सन्ध्यामा देखिने उत्साह अहिले देखिएको छैन। २० दिनदेखि घरभित्रै रहेका सर्वसाधारण होम क्वारेनाइनमा मै यसपटक नयाँ वर्ष २०७७ को स्वागत गर्दैछन्।

हरेक नयाँ वर्षको एक दिन अगाडी भक्तपुरमा मानिसहरुको ठेलमठेल हुन्थ्यो। बिस्का जात्रामा रमाउँदै उनीहरु य:सिं ठ्डयाउने तयारीमा हुन्थे। तर यसपटक लकडाउनका कारण बिस्का जात्रा नै रोकिएको छ। सँगै रोकिएको छ य सिं ठ्डाउने परम्परा।

लकडाउनसँगै भक्तपुरवासीहरु आज घर भित्रै छन्। नृत्य पूजा बाहेक ठूलो भोज र जात्रा छैन। मन्दिरहरुमा भक्तजनलाई प्रवेश गर्न दिइएको छैन। सँधै खुल्ने मन्दिरहरुमा ताला लगाइएको छ। यता, जात्रा रोकिएपनि विहानै केही वृद्धवृद्धा भने मन्दिर पुगे। बन्द मन्दिरकै दर्शन गरे र फर्किए।



ट्रेन्डिङ पोस्ट

Ncell