PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अमेरिकाको संकटकाल खुलाउने राष्ट्रपति ट्रम्पको संकेत



पहिलोपोस्ट

अमेरिकाको संकटकाल खुलाउने राष्ट्रपति ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका राज्यहरुमा जारी संकटकाल पुन: खोल्ने संकेत दिएका छन्। नियमित प्रेस ब्रिफिङमा उनले अमेरिकाले कोरोना संक्रमणको चरम् सीमा पार गरेको र अब यही महिना राज्यहरु खुल्ने बताएका हुन्।

ह्वाइट हाउसमा हुने प्रेस सम्मेलनमा उनले आउँदो बिहीवार लकडाउन खोल्‍ने बारे निर्देशिका जारी गर्ने बताएका हुन्। भने, 'हामी चाँडै पुरानो जीवनशैलीमा फर्कने छौं।'

अमेरिकामा हालसम्म ६ लाख ३५ हजार कोरोना संक्रमित देखिएका छन्। त्यस्तै २८ हजार मानिस संक्रमणकै कारण मरिसकेका छन्।

डोनाल्ड ट्रम्पले गत सोमवारमात्र इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरेका छन्।

ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई थप प्रभावकारी बनाउन पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए। जुन लकडाउनकै स्वरुप हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell