PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

महाकाली पारी अलपत्र वासुदेव आमाको किरिया गर्न आउन पाउने, गृहले दियो अनुमति, प्रशासनले थाल्यो प्रकृया



कमलराज भट्ट

महाकाली पारी अलपत्र वासुदेव आमाको किरिया गर्न आउन पाउने, गृहले दियो अनुमति, प्रशासनले थाल्यो प्रकृया

काठमाडौं : घरमा आमा बित्दा पनि भारतीय क्वारेन्टाइनबाट दार्चुला आउन नपाएका वासुदेव भट्टलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको छ।

घरमा आमा बितिन्, छोरा वासुदेव पारी क्वारेन्टाइनमै भएपछि मिडियामा वासुदेवले भनेका थिए : महाकालीमा हाम फालेरै भए पनि घर जान्छु। समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले वासुदेवलाई घर ल्याउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई बुधवार नै पत्राचार गरेको थियो।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले वासुदेवलाई घर ल्याउने प्रकिया सुरु भइसकेको बताए।

'गृहको निर्देशनअनुसार हामीले पिरौरागढका डिएमसँग समन्वय गरिरहेका छौं। उहाँले धारचुलाको एसडिएमलाई निर्देशन दिएपछि वासुदेव घर आउँछन्। कुराकानी भइरहेको छ। उनी आजै दार्चुला आइपुग्छन्,' कुँवरले भने। कुँवरले वासुदेव दार्चुला आएपछि आवश्यक परीक्षण तथा व्यवस्था गरेर घर पुर्‍याइने जानकारी दिए।

भारतीय बजार बलुवाकोटको क्याम्पमा नेपालीहरुसँगै बसिरहेका वासुदेव घरमा आमा बितेपछि त्यहीँ किरियामा बसेका थिए। उनकी आमा बितको आज तीन दिन भएको छ। आमा बितेको खबरलगत्तै उनी महाकाली नदीमा हाम्फालेर आउन खोजेका थिए। तर, भारतीय प्रहरीले आउन नदिएपछि क्वारेन्टाइनमै किरिया बस्न बाध्य भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell