PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सडकमा पैसा छरेर भागेका दुई महिलाको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ



सुमित मिश्र

सडकमा पैसा छरेर भागेका दुई महिलाको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ

जनकपुरधाम : जनकपुरधामको महावीरचोकस्थित सडकमा शुक्रवार पैसा छरेर भागेका दुई महिलाको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ आएको छ। शुक्रवार सडकमा पैसा छरेर फरार भएका महिलालाई शनिवार प्रहरीले पक्राउ गरेर कोरोना परीक्षण गर्दा एक महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको थियो।

आरडिटी रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूको पिसिआर विधिबाट परिक्षण गर्दा भने रिपोर्ट निगेटिभ आएको प्रदेश स्वास्थ निर्देशनालयका प्रवक्ता विजय झाले बताए। शुक्रवार जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा १० रुपैयाँको दर्जनौँ नोट फालेर भागेको भन्ने स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिवार दिउँसो पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन हुन्। उनीहरु नातामा नन्द र भाउजू हुन्।

सम्बन्धित समाचार :

यी हुन् सडकमा पैसा छरेर फरार महिलाहरु

पैसा छरेर फरार भएकी एक महिलाको र्‍यापिड टेस्टमा देखियो पोजेटिभ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell