PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लकडाउनमा इन्दु वर्माको दैनिकी ड्युटीमा, चासो फिटनेस कायम राख्नेमा



मुकुन्द घिमिरे

लकडाउनमा इन्दु वर्माको दैनिकी ड्युटीमा, चासो फिटनेस कायम राख्नेमा

इन्दु वर्मा नेपाली क्रिकेटमा नयाँ नाम होइन। राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडीका रुपमा रहेकी उनले असोज महिनामा भएको वुमन्स च्याम्पियन लिग (डब्लुसिएल) मा चितवन राइनोजनको कप्तानी सम्हालेकी थिइन्। उनको कप्तानीमा चितवनले उपाधि जितेको थियो, त्यो पनि बिना कुनै पराजय।

पछिल्लो समय नेपाल मात्र नभएर विश्वकै खेल माहोल फेरिएको छ। खेल गतिविधि ठप्प छन्। अभ्यास रोकिएको छ। चर्चामा कोरोना छ।

तर, खेल र अभ्यास रोकिए पनि इन्दु फुर्सदिली भने छैनन्। उनको ड्युटी चलेकै छ।

त्यसो त कोरोनाको विश्वब्यापी कहरमा प्रभावित छन् अधिकांश खेलाडी। यद्यपि इन्दुको कथा फरक छ। उनी शसस्त्र प्रहरीको एपिएफसँग आवद्द छिन्। उनको भने ड्युटी कोरोनाको कहरबीच चलि नै रहेको छ।

‘नर्मल्ली अफिस गइरहेको छु। हिजो र आज चाही छुट्टी थियो।’ बर्माले पहिलोपोष्टसँग भनिन्, ‘ड्युटीतर्फ चाहीँ अहिले खटाएको छैन। गएर स्ट्यान्टबाइ बस्ने हो। अभ्यास पनि चलेको छैन,’

उनको गृहनगर बुटवल हो। उनका परिवार उतै हुनुहुन्छ।

+++

खेल छैन। अभ्यास छैन।

तर पनि उनको लकडाउनमा दैनिकी खासै फेरिएन। तर, लकडाउनले पार्ने केही प्रभावबारे सजक छिन् उनी।

सामान्य हिसावले अभ्यास गर्न नपाउँदा फिटनेसमा प्रभाव पर्ने चिन्ता छ उनलाई।

‘फिटनेसमा प्रभाव पर्ला भन्ने छ। यसका लागि घरमै वर्कआउट गरिरहेको छु। एक्ससाइजमा जोड दिइरहेकी छु। युट्युवलगायत होम वर्कआउट जस्ता एपहरुको सहयोग लिइरहेको छु।’ उनले भनिन्, ‘त्यसबाहेक अफिस गरहेकाले दैनिकी खासै प्रभावित बनेको छैन,’

त्यस्तै किचनमा नयाँ परिकार बनाउन सिकिरहेको पनि उनले बताइन्। अफिस गइरहेकाले लकडाउन त्यस्तो पट्यारलाग्दो नभएको उनले बताइन्।

तर, उनलाई लामो समय टिम छुट्टाछुट्टै रहँदा टिमवर्क विग्रेलाकी भन्ने चाहीँ चिन्ता छ।

‘यतिका दिन भइसक्यो। टिममा त पक्कै असर गर्छ। कतिजना सँगै हुँदैन। साथीसाथीमा भेटघाट पनि भएको छैन,’ उनले चिन्ता दर्शाउँदै भनिन्।

सम्बन्धित समाचार: बिग ब्यास लिग खेल्ने इन्दुको रहर, कुनैबेला उनलाई सोध्थे : स्कर्ट लगाएर क्रिकेट कसरी खेल्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell