PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

गृह मन्त्रालय भन्छ : सार्वजनिक बाटो बन्द गर्न पाइँदैन, तत्काल खोल्नुहोस् नत्र स्थानीय प्रशासनलाई जानकारी दिनुहोला



पहिलोपोस्ट

गृह मन्त्रालय भन्छ : सार्वजनिक बाटो बन्द गर्न पाइँदैन, तत्काल खोल्नुहोस् नत्र स्थानीय प्रशासनलाई जानकारी दिनुहोला

काठमाडौं : लकडाउन पालन गराउने भन्दै बाटो तथा पुल बन्द गर्न नपाइने गृह मन्त्रालयले जानकारी दिएको छ।

लकडाउनको कारण देश नै बन्दमा छ। मानिसलाई घरबाट बाहिर नै ननिस्कनु भनेर सरकारले घोषणा गरे पनि स्थानीयले टोल टोलमा बाटो बन्द गर्न थालेका छन्। यसको चपेटामा अत्यावश्यक कामको लागि हिँड्ने सवारी र मानिसमा परेको छ।

गृह मन्त्रालयले सार्वजनिक बाटो बन्द गर्न नमिल्दै भन्दै कसैले बाटो बन्द गरेको भए खोल्न भनेको छ। गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले भने, 'बाटो बन्द गर्न पाइँदैन। त्यसैले कसैले सार्वजनिक बाटो बन्द गरेको भए खोल्नु होला।'

धादिङ ज्वालामुखी गाउँपालिकाका होमबहादुर रानामगर पुलमा लगाएको पर्खाल नाघ्ने क्रममा लडेर मृत्यु भएको थियो। त्यस्तै अहिले विभिन्न स्थानमा बाटो बन्द गरिएको छ।

'कहीँ बाटो बन्द गरेको भए स्थानीय प्रशासनलाई जानकारी दिनुहोला। हामीलाई त्यस्तो जानकारी आए हामी स्थानीय प्रशासनलाई बाटो खोल्न आदेश दिन्छौं,' गृह मन्त्रालयका उपसचिव अधिकारीले भने।

लकडाउनको कारण अहिले अत्यावश्यक सवारी बाहेक अन्यलाई रोक लगाइएको छ। यसरी बाटो बन्द गर्दा विरामी बोकेका एम्बुलेन्स, दमकल लगायत अन्य आत्यआवश्यक सवारीलाई पनि समस्या हुने, पन्छाएर हिँड्दा समय खर्च हुने गरेको छ।

यो पनि पढ्नुहोस्

लकडाउनमा बाटो र पुलमा बार : ज्यानै गुम्दा चाहिँ को जिम्मेवार?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell