PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मध्यरातमा गर्माएको राजनीतिः समाजवादी र राजपाबीच एकीकरणको चटारो, फुट्ने शक्तिलाई रोक्ने अन्तिम कसरत



कुञ्जरमणि भट्टराई

मध्यरातमा गर्माएको राजनीतिः समाजवादी र राजपाबीच एकीकरणको चटारो, फुट्ने शक्तिलाई रोक्ने अन्तिम कसरत

काठमाडौँः मधेश केन्द्रित दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकताका लागि अन्तिम कसरतमा जुटेका छन्। सोमबार राजनीतिक दल सहज विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि फुट्ने त्रासमा दुबै दल छन्। दल फुटेर जाँदा नयाँ दलको मान्यता पाउने प्रक्रिया रोक्न दुई दल एकता वार्ताका लागि जुटेका हुन्।

सोमबार जारी अध्यादेशले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य भए नयाँ दलको मान्यता पाउने व्यवस्था गरेको छ।

बुधबार मध्यरातसम्म दुई दल वार्तामा छन्। आजै प्रक्रिया टुंगोमा पुर्‍याएर एकतामा हस्ताक्षर गर्ने तयारी रहेको राजपाका एक नेताले बताए।

बुधबार फोरमका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईको सक्रियतामा वार्ताको पहल भएको थियो।

नयाँ अध्यादेश जारी भएसँगै समाजवादी पार्टीका सात सांसदले पार्टी छाड्ने तयारी थालेको स्रोतको दावी छ। उक्त प्रक्रियाभन्दा पहिले नै एकीकरण गरेर नयाँ दल मान्यता पाउने आधार भत्काउने योजनामा मध्यरातमा एकता प्रक्रिया चलिरहेको हो।

समाजवादीका मोहम्मद ईस्तियाक राई, विमल श्रीवास्तव, रेनुका गुरुङ, उमाशंकर अरगरिया, प्रदीप यादव, सुरेन्द्र यादव, कलुदेवी विकलगायतले पार्टी विभानको तयारी गरेको भन्दै अध्यक्षद्वय सक्रिय बनेका हुन्। बुधबार साँझ नै यादव र भट्टराई सांसद रेणु यादवलाई भेट्न निवासमै पुगेका थिए। निवासमा पुगेर फुट्ने समूहलाई रोकने अन्तिम कसरत उनीहरुले गरेका हुन्। 

पढ्नुस्ः समाजवादी पार्टीको आरोप, 'प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण भयो' यादवको परिवारको यस्तो छ भनाई

असन्तुष्ट सांसद्हरुले बिहीबार सभामुखलाई दल मान्यताका लागि निवेदन दिने तयारी गरेको थाहा पाएपछि रोक्न यादव र भट्टराई लागेका हुन्। यदि ४० प्रतिशत सदस्यको सनाखत भएमा नयाँ दलको मान्यताका लागि पर्याप्त हुनेछ। हाल समाजवादीमा १७ सांसद छन्। 

दुबै पार्टी एकीकृत भए पनि केही नेताहरु चाँडै एकीकृत पार्टी छा्ड्ने दाबी स्रोतको छ।

एकतासँगै दुवै पार्टीका केही नेताले पार्टी छाड्ने पनि बुझिएको छ। समाजवादीका वरिष्ठ अध्यक्ष अशोक राईले यसबीचमा राष्ट्रपतिसँग तीन पटक भेटिसकेको र उनी नेकपामा प्रवेश गर्ने लगभग टुंगो लागिसकेको पाटी स्रोतले बताएको छ। उनीसँग सहध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव तथा सचिव ईस्तियाक राई लगायत पनि नेकपा प्रवेश गर्ने सम्भावना उच्च रहेको स्रोतको दाबी छ।

एकतासँगै राजपाबाट राजकिशोर यादव, अनिल झा र उनीहरु निकटका नेताहरुले पनि पार्टी छाड्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell