PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारको डिजाइनमा 'अपहरण', 'सुपाडी' पूर्व प्रहरी प्रमुख खनाललाई : गौतम होटलमा खाजा, बाटोमा हाँसको छोयला



सविन ढकाल

सरकारको डिजाइनमा 'अपहरण', 'सुपाडी' पूर्व प्रहरी प्रमुख खनाललाई : गौतम होटलमा खाजा, बाटोमा हाँसको छोयला

काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल भक्तपुरमा थिए। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय युवा नेता, नेकपा सांसद पूर्व मन्त्री महेश बस्नेत पनि सँगै। साथै थिए नेकपाकै सांसद किसान श्रेष्ठ।

प्रधानमन्त्रीको एकलौटी निर्णयमा मन्त्रिपरिषदबाट पास भएका दुई महत्वपूर्ण राजनीतिक अध्यादेश राष्ट्रपतिले हतारहतार पास गरिसकेको अवस्थामा यो भेट त्यत्तिकै जुरेको थिएन। राजनीतिमा भूकम्प ल्याउने गरी प्रधामन्त्रीले हानेका क्षेप्यास्त्रले सबैतिर तरङ्गित बनाइरहेको थियो। भक्तपुरमा खनाल र बस्नेतको भेटको तार पनि यसैसँग जोडिएको थियो। भक्तपुरमा रहे पनि उनीहरुको बारम्बार कुराकानी चाहिँ बालुवाटार र जनकपुरसँग जोडिइरहेको थियो। त्यसपछि उनीहरु कतै लागे।

यता गर्माइरहेको राजनीति सेलाउने मुडमा थिएन। प्रधानमन्त्रीले सबैको सात्तो लिएका थिए। नेकपाका नेताहरु नै अलमलिरहेका थिए - के भइरहेको छ?

त्यस्तै माहोल चर्किरहँदा समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुक स्टाटसबाट सोझै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्रीको अपहरण गरेको सनसनीपूर्ण खुलासा गरे।

अपहरणमा परेका भनिएका व्यक्ति समाजवादी पार्टीका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव थिए। १२ घण्टा बित्न नपाउँदै अपहरण गरिएका भनिएका यादव सम्पर्कमा आए। त्यो जानकारी पनि उनै पाण्डेले दिए।

१२ घन्टा नबित्दै जनकपुरमा रहेका यादव कसरी काठमाडौं आइपुगे? रोचक के हो भने - भक्तपुरमा पूर्व मन्त्री र पूर्व प्रहरी प्रमुख यही 'अपहरण'को प्लट तयार गरिरहेका थिए।

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईको फेसबुक स्टाटसका अनुसार - सरकारको अपहरणको डिजाइन, सुपाडी पाउने पूर्व प्रहरी प्रमुख।

उनले भने झै पूर्व प्रहरी महानिरीक्षक खनाल र बस्नेतले जनकपुर पुगेर पूर्व राज्य मन्त्री यादवलाई काठमाडौं ल्याएका थिए। उद्देश्य चाहिँ समाजवादी पार्टी फुटाउनु।

पूर्व मन्त्री यादव र सर्वेन्द्र खनालबीच पहिलेदेखिकै जान पहिचान। त्यसदिन पनि खनालले नै फोन गरेर यादवलाई लिन पुगेका थिए। यादवका सुरक्षा गार्डसहित खनालको टोलीले डाक्टर यादवलाई लिएर फर्किएको थियो। उनीसँगै प्रदेश सभा सांसद कौशल किशोर यादव आएका थिए। सुनसान राजमार्गमा रातभर तीनवटा गाडी रफ्तारमा कुदिरहे। प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा ठूलो मिसन पूरा हुँदै थियो। मिसन - समाजवादी पार्टी फुटाउने। र, उपेन्द्र यादव तथा डाक्टर बाबुराम भट्टराईलाई देखाइदिने।

यो पनि पढ्नुस :

हो, म जनकपुर गएर ल्याएको हुँ : पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

बुधवार दिउँसो ४ बजे जनकपुरबाट आएका उनीहरु बर्दिवासको चर्चित होटल गौतममा रोकिए। त्यहाँ खाजा खाए। उनीहरुको यो यात्रा रोकिएर हाँसको छोयला पनि खाएका थिए आउँदा। सबैको दोस्ती थियो किनकि अपहरण कुनै आपराधिक गतिविधिभन्दा बाहिरको थियो - शुद्ध घीनलाग्दो राजनीतिमात्र।

काठमाडौं आइपुगेपछि उनीहरु सिधै बालुवाटार पुग्ने तयारी थियो। तर, रात छिप्पिसकेको थियो आउँदा। विरामी प्रधानमन्त्रीलाई मध्यरातमा उठाउनु ठीक पनि ठानेनन्। त्यसपछि राजनीतिक अपहरणमा परेका डाक्टर यादवलाई लिएर खनाल र बस्नेत नक्सालको मेरिएट होटल पुगे। डाक्टर यादवलाई होटलमा राखे र आफ्नो घरतिर लागे। आफ्ना सांसद अहपरणमा परेको थाहा पाइसकेका समाजवादी पार्टीका नेताहरु सक्रिय भइसकेका थिए - मध्यरातदेखि नै। समाजवादी पार्टीका नेताले उनको उद्दार गर्‍यो र एकाएक प्रधानमन्त्रीको एउटा सपना - चकनाचुर बन्यो। यसको असर के कति पर्छ, त्यो चाहिँ हेर्न बाँकी छ।

पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ ३ जना काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई...

Posted by Bishwadeep Pandey on Wednesday, April 22, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell