PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हो, म जनकपुर गएर ल्याएको हुँ : पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल



सविन ढकाल

हो, म जनकपुर गएर ल्याएको हुँ : पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

काठमाडौं : पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको राजनीतिक 'अपहरण' हुँदा आफू सँगै रहेको नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले स्वीकारेका छन्।

'उहाँ मेरो राम्रो साथी हो। उहाँसँग कुरा गरेर र नै हामी जनकपुर पुगेका थियौं,' पूर्व प्रहरी प्रमुख खनालले पहिलोपोस्टसँग भने।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा परेको र प्रधानमन्त्री केपी शर्मा ओलीको डिजाइन यो सब भएको सामाजिक सञ्जालबाट खुलासा गरेका थिए।

यो पनि पढ्नुस् :

सरकारको डिजाइनमा 'अपहरण', 'सुपाडी' पूर्व प्रहरी प्रमुख खनाललाई : गौतम होटलमा खाजा, बाटोमा हाँसको छोयला

बुधवार राति पूर्वमन्त्री यादव, सांसद महेश बस्नेत र प्रदेश सासंद सहित तीनवटा गाडीमा काठमाडौं फर्किएको खनालले बताए।

'साथीका रुपमा गएका थियौं। ९ बजे उहाँको घरमा पुगेर खाना खाइयो। आरामले बाटोमा कुरा गर्दै आएको हो,' खनालले भने। तर, उनी यसलाई अपहरण मान्न चाहिँ तयार छैनन्।

'अपहरण कसरी भयो?,' खनालले प्रश्न गरे।

उनीहरुसँगै सासंद कृष्णकुमार श्रेष्ठ पनि थिए। फर्किँदा तीनवटा गाडीमा सँगै आएको पूर्व महानिरीक्षक खनालले बताए।

'उहाँसँग ७/८ वर्षअघि नै चिनजान भएको हो। उहाँले नै काठमाडौं आउने इच्छा देखाएपछि गएका हौं,' खनालले भने, 'तर राति पार्टीमा के के भयो। अहिले अपहरणको कुरा आइरहेको छ।'

बुधवार राति नै होटल मेरिएटमा ल्याएर छाडेको उनले बताए।

त्यही होटलबाट आज बिहान समाजवादी पार्टीका नेताहरुले डाक्टर यादवको उद्दार गरेको सार्वजनिक गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell