PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

भैसेपाटी भेलाको निष्कर्ष : राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिनुपर्छ



कुञ्जरमणि भट्टराई

भैसेपाटी भेलाको निष्कर्ष : राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिनुपर्छ
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका अधिकांश सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्षमा पुगेका छन्।

बिहीवार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ भैसेपाटीमा भेला भएका थिए।

भेलाले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्षमा नेताहरु पुगेका हुन्।

'सरकारले जारी गरेको अध्यादेश फिर्ता गराउने निष्कर्षमा  पुगेका छौं। अध्यादेश काम छैन। फिर्ता लिनैपर्छ,' एक सचिवालय सदस्यले भने।

बिहीबार नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा ओली अध्यादेश फिर्ता लिन सकरात्मक रहेका थिए।

सरकारले सोमवार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दलमा विवाद चुलिएको हो।

सम्बन्धित समाचार

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि ओली सकारात्मक, प्रचण्डको प्रश्न, ‘बैठक फेस गर्ने कि अध्यादेश बोक्ने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell