PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

विवादास्पद अध्यादेश खारेजपछि साबिकको व्यवस्था जगाउन नयाँ अध्यादेश, के भएको थियो गल्ती?



पहिलोपोस्ट

विवादास्पद अध्यादेश खारेजपछि साबिकको व्यवस्था जगाउन नयाँ अध्यादेश, के भएको थियो गल्ती?

काठमाडौँः सरकारले अध्यादेश खारेजपछि दुई ऐनको रिक्तता पूर्ति गर्न नयाँ अध्यादेश जारी गरेको छ। अध्यादेश राष्ट्रपतिबाट खारेज भएको दिन वैशाख १२ गतेको मिति राखेर अतिरिक्ताङ्कमा नयाँ अध्यादेश आइतबार प्रकाशित भएको हो। केही अध्यादेश खारेज गरी ऐनको साबिक व्यवस्था जगाउने गरी नयाँ अध्यादेश ल्याइएको हो।

अध्यादेशबारेको जानकारी दिन आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट गरेका थिए।

अध्यादेशले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश खारेज गरेको छ। नयाँ अध्यादेशले यसअघि संशोधन नभएको व्यवस्था संशोधन हुनुअघिकै कायम राख्ने व्यवस्था गरेको छ।

दुवै अध्यादेश खारेजपछि रिक्त रहेको स्थानमा अब यसअघिका साबिकका व्यवस्था नै कायम हुनेछन्।

साबिकको व्यवस्था जगाउने अध्यादेश संसद् अधिवेशन प्रारम्भ भएपछि सदनमा पेस हुनेछ। अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र प्रतिस्थापन हुनुपर्छ। अध्यादेश सदनले स्वीकृत गर्नुपर्नेछ।

के भएको थियो त्रुटि

वैशाख ८ गतेको मन्त्रिपरिषद्को सिफारिसमा जारी अध्यादेश राजनीतिक विवादपछि वैशाख १२ गते खारेज भएका थिए। अध्यादेश खारेज भए पनि साबिकको व्यवस्था जगाउने गरी अर्को कुनै सूचना वा अध्यादेश जारी भएको थिएन। जसलाई कानुनका जानकारहरूले त्रुटिपूर्ण भएको बताएका थिए।

पढ्नुस्ः अध्यादेश खारेजीमा राष्ट्रपति र मन्त्रिपरिषद्को ‘सिल्ली मिस्टेक’: अध्यादेश खारेज तर संशोधित व्यवस्था यथावत्, कसरी हुन्छ पूर्ति?

अध्यादेश खारेज भए पनि साबिकको व्यवस्था जगाइएको थिएन।

जसलाई अध्यादेश ल्याएर त्रुटि सच्याउनुपर्ने सुझाव कानुनका जानकारहरूले दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell