PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

संसार छाड्नुअघि इरफान खानको अन्तिम शब्द: 'आई ट्रस्ट, आइ ह्याभ सरेण्डर'



पहिलोपोस्ट

संसार छाड्नुअघि इरफान खानको अन्तिम शब्द: 'आई ट्रस्ट, आइ ह्याभ सरेण्डर'
PHOTO : AP

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ। मुम्बईको कोकिलाबेन अस्पतालमा आज विहान उनको निधन भएको हो। न्यूरो इंडोक्राइन ट्यूमरको उपचार गरेर स्वदेश फर्किएका इरफान पेटमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए। उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो।

निर्देशक शुजीत सिरकारले इरफानको निधनको खबर दिएका हुन्। न्यूरो इंडोक्राइन ट्यूमर भएपछि इरफानले मनोबल उच्च बनाएर रोगविरुद्ध लडिरहेका थिए। अन्तिमसम्म उनले हार मानेका थिएनन्। तर, हिजो मुम्बई अस्पतालमा भर्ना भएपछि संसार छाड्नुअघि हार माने। उनले आफ्ना निकवर्तीहरुसँग 'अब मैले हारे' भनेका थिए।

इरफान खानको टिमका तर्फबाट जारी विज्ञप्तिमा आफू क्यान्सरबाट जुधिरहेको थाहा पाएपछि उनले भनेका थिए, 'मलाई लाग्छ कि मैले सरेण्डर गरिदिएको छु। म मृत्युसँग हार्दैछु।' अंग्रेजीमा भनेका थिए, 'आई ट्रस्ट, आइ ह्याभ सरेण्डर।'

२०१८ मा बेलायतमा उपचारपछि मुम्बई फर्किएका उनी काममा फर्किन पुरै आत्मबलका साथ प्रयासमा थिए। तर, अस्पताल पुगेपछि उनले आफूले हार्न लागेको भन्दै मृत्युसँग आत्मसमर्पण गरेका थिए।

उनको अन्तिम पटक काम गरेको फिल्म अंग्रेजी मिडियम हो।

केही दिनअघि मात्र इरफानकी आमाको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण अन्तिम संस्कारमा सहभागी हुन नपाएका उनको हिजो स्वास्थ्य स्थिति विग्रिएको थियो।

चिकित्सकहरुले आमाको निधनको चोटले उनी जिन्दगीसँग हारेको टिप्पणी गरेका छन्।

सम्बन्धित समाचार

 

हलिउडसम्म इरफानको यात्रा : लकडाउनले अधुरै रह्यो सपना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell