
काठमाडौं : ठमेलमा शुक्रवार साँझ भएको चक्कु हानाहान आपसी विवादका कारण भएको खुलेको छ।
चक्कु प्रहारबाट एक जना घाइते भएका थिए। सडकमा बस्दै आएका युवक र अर्को समुहबीच पहिलेदेखि नै विवाद भइरहेको र विवाद उत्कर्षमा पुगेपछि चक्कु हानेको खुलेको हो।
'उनीहरु सडकमा बस्ने गर्छन्। पहिलेदेखि नै विवाद भएको र त्यसदिन चक्कु हानिएको बुझियो,' महानगरीय प्रहरी वृत्त दरवारमार्गका डिएसपी रञ्जन दाहालले भने।
लकडाउन प्रभावितलाई खाना बाँड्ने खवर पाएर ठमेल चोकमा भेला भएकाहरुबीच विवाद हुँदा चक्कु प्रहार भएको थियो। त्यसपछि ती युवकलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको थियो। उनी उपचारपछि फर्किसकेको प्रहरीले जानकारी दिएको छ।