_(53).jpg)
अपडेट : मन्त्रालयले आफैँले जारी गरेको विज्ञप्तिको तथ्याङ्क गलत भएको भन्दै २ सय ४५ जनामात्र संक्रमित रहेको जनाएको छ।
पढ्नुस् : स्वास्थ्य मन्त्रालयको गम्भीर लापर्वाही : संक्रमित संख्या घट्यो, जनता भए भ्रमित
काठमाडौं : कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ। आज बिहान ७ जनामा संक्रमण पुष्टि भएसँगै यो आँकडा पूरा भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही, धनुषा, महोत्तरीका गरी थप ५ जना संक्रमित भेटिएका हुन्। यसअघि आजै बिहान दुई जना संक्रमित थपिएका थिए।
पछिल्लो जानकारी अनुसार सर्लाही धन्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया युवती, महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका क्रमश: १६ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो।
यसअघि आजै बिहान चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो।