PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

नेकपाका नेता रावल - रिमाल जुहारी : 'षडयन्त्रकारी र गैरजिम्मेवार, सौम्य र मतिवान'



पहिलोपोस्ट

नेकपाका नेता रावल - रिमाल जुहारी : 'षडयन्त्रकारी र गैरजिम्मेवार, सौम्य र मतिवान'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालबीच सोसल मिडियामा सवालजवाफ सुरु भएको छ।

बुधवारका लागि तोकिएको स्थायी कमिटीको बैठक स्थगित भएपछि रावलले बालुवाटारले कोरोना बहाना बनाएर बैठक स्थगित गरेको आरोप लगाएका थिए।

रावलले आफ्ना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिए पनि आफू सुरक्षित भएको बताएका थिए। बैठक स्थगित हुनु षड्यन्त्र र गैरजिम्मेवारीपन भएको रावलको टिप्पणी थियो। उनले प्रधानमन्त्रीका सल्लाहकार रिमालले रेडियो अन्तर्वार्तमा 'भीम रावलका सुरक्षाकर्मीलाई कोरोना देखिएकाले बैठक रोकिएको' अभिव्यक्ति दिएको रावलको आरोप छ।

उनको सुरक्षामा खटिएका भनिएका संक्रमित सुरक्षाकर्मी एक महिनादेखि बिदामा बसेको र रावलको पनि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आइसकेकाले उनीमाथि थप शंका गर्नुपर्ने थिएन। तर, बैठक रोकिनुको बाहना त्यही बनाइएको रावलको आरोप छ।

रावलको ट्विटपछि बिहीवार प्रमका सल्लाकार रिमालले सचिवालयले दिएको आधिकारिक जानकारी नै स्थायी कमिटी बैठक स्थगितको कारण भएको जवाफ फर्काएका छन्।

रिमालले नेता रावल अरुबाटै निर्देशित भएर आलोचनामा उत्रिएको आरोप पनि लगाएका छन्।

उनले लेखका छन्, 'हरेक विषयमा अनावश्यक मानिसलाई घिसारी सार्वजनिक बहस खडा किन गर्दै हुनुहुन्छ, मैले बुझेको छैन। विगतमा मैले चिनेको कमरेड रावल त यस्तो हुनुहुन्न थियो, यी टिप्पणी तपाईँ कै हुन् या तपाईँका टीमका कोही सौम्य र मतिवान मानिसहरूबाट यी काम भइरहेका छन्?'

सहकर्मीसाँ कस्तो व्यवहार गर्ने भन्ने आफ्ना गुरुले सिकाएको भन्दै रावललाई शिष्टाचार नभएको आरोप छ, रिमालको।

'बैठक राख्ने वा रोक्ने म आधारिक व्यक्ति पनि हैन। यो आरोप, प्रत्यारोप किन र केका लागि? होला यहँको जत्तिको महान "मति र बुद्धि" ममा नहोला तर उही पार्टीका सहकर्मीसँग कस्तो व्यवहार गर्ने सामान्य शिष्टाचार मेरो गुरूहरूले सिकाउनु भएको छ,' उनले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell