PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

‘मेरो सरकार’ हट्यो ‘यो सरकार’को इन्ट्री, नीति कार्यक्रमबाट हटाइयो आलोचित वाक्य 



पहिलोपोस्ट

‘मेरो सरकार’ हट्यो ‘यो सरकार’को इन्ट्री, नीति कार्यक्रमबाट हटाइयो आलोचित वाक्य 

काठमाडौँः आर्थिक वर्ष २०७६/०७७ सालमा नीति तथा कार्यक्रममा परेको शब्द मेरो सरकार निकै विवादित बन्यो। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचनका क्रममा प्रयोग भएको मेरो सरकारले राजनीतिक वृत्त समेत ततायो। 

सरकारले मेरो सरकारलाई अन्तर्राष्ट्रिय प्रचलन भएको दलील पेश गर्‍यो। प्रतिपक्ष दलका संसदीय दलका नेता शेरबहादुर देउवाले समेत राष्ट्रपतिलाई ‘महारानी’ बनाउन लागिएको भन्दै सदनमै टिप्पणी गरे। 

कतिपयले त्यसलाई राष्ट्रपतिको शक्ति अभ्याससँग पनि जोडे। 

निकै विवादित बनेको ‘मेरो सरकार’ यस पटकको नीति तथा कार्यक्रमबाट हटाइएको छ। ‘मेरो सरकार’को सट्टा यो पटक ‘यो सरकार’ प्रयोग गरिएको छ। 

आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षको सम्बोधन पनि त्रृटिपूर्ण भएको भन्दै आलोचना भएको थियो। अघिल्लो वर्ष दुवैको सम्बोधन अघि सम्माननीय थपिएको थियो। 

सरकारको नीति तथा कार्यक्रम अहिले स‌ंघीय संसद्मा पेस भइरहेको छ। 

सम्बन्धित समाचार :

नेपाललाई कोभिड १९ मुक्त बनाउँदै नागरिकको ज्यान जान नदिने सरकारको प्राथमिकता : राष्ट्रपति भण्डारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell