PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

धुलिखेल अस्पताल यसरी गरिएको छ सिल, राजमार्गबाटै आउन लगाइयो रोक

धुलिखेल अस्पताल यसरी गरिएको छ सिल, राजमार्गबाटै आउन लगाइयो रोक

अमित मचामसी/पहिलोपोस्ट


धुलिखेल : गत बिहीवार एक सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताललाई आज पूर्ण रुपमा सिल गरिएको छ। सुत्केरी महिलाको थ्रोड स्वाब परीक्षणको रिपोर्ट स्वास्थ्य मन्त्रालयबाट आज सार्वजनिक गरिने बताइएको थियो तर मन्त्रालयले उनमा कोभिड १९ भए नभएको जानकारी दिएन। उनको मृत्यु भएको र स्वाब परीक्षणको रिपोर्ट आउने क्रममा रहेकोमात्र मन्त्रालयले जनाएको छ।

धुलिखेलमा मृत्यु भएकी महिला ९ दिन अघि शिक्षण अस्पतालमा भएकी थिइन् सुत्केरी, कोरोनाको रिपोर्ट आउँदै

धुलिखेल अस्पतालमा नै कोभिड १९ को परीक्षण गर्ने सुविधा छ। धुलिखेल अस्पतालले मृत्यु भएकी महिलाको स्थायी ठेगाना सिन्धुपाल्चोक बाह्रविसेका मेयरलाई स्वास्थ्य मन्त्रालयको प्रेस मिट हेर्न आग्रह गर्दै आवश्यक कदम चाल्न आग्रह गरेको थियो। त्यसपछि महिलामा कोरोना संक्रमण भएको समाचार सार्वजनिक भयो।

मन्त्रालयले उनको मृत्युको कारण नखुलाए पनि धुलिखेल अस्पताल क्षेत्र भने यतिखेर सिल गरिएको छ। राजमार्गदेखि नै अस्पतालमा मानिसलाई छिर्न दिइएको छैन। अस्पताल क्षेत्र यस्तो देखिन्छ हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell