PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नागढुंगामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने युवाको खोजी गर्न थाल्यो प्रहरी



पहिलोपोस्ट

नागढुंगामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने युवाको खोजी गर्न थाल्यो प्रहरी

काठमाडौं : शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्नेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। कार्कीमाथि दुर्व्यवहार गर्ने युवाको पहिचान भइसकेकाले कारबाही गर्ने तयारी भइरहेको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

'हामीले अनुसन्धान सुरु गरेका छौं। उनीहरुको पहिचान भइसकेको छ,' एसएसपी ज्ञवालीले भने।

गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीमाथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए। गाडीको पासमात्र होइन उनीहरुले कार्कीले गाडीमा बोकेको झोला समेत खोलेर हेरेका थिए। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गौरकानुनी भनेको छ।

सम्बन्धित समाचार

नागढुंगा नाकामा स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, भाइरल भिडियोबारे गृह मन्त्रालय भन्छ : भिडियो हेरेका छौं, गैर कानुनी काम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell