PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ



सविन ढकाल

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं : शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। 'हामीले दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका छौं। आवश्यक कारबाही हुन्छ,' एसएसपी ज्ञवालीले भने।

गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए।

गाडीको पास मात्र होइन, उनीहरुले कार्कीले गाडीमा बोकेको झोला समेत खोलेर हेरेका थिए। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गैरकानुनी भनेको छ।

नागढुंगा नाकामा स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, भाइरल भिडियोबारे गृह मन्त्रालय भन्छ : भिडियो हेरेका छौं, गैर कानुनी काम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell