PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

पछिल्लो ११ दिनको नेपाल, थपिए २ सय नयाँ संक्रमित



पहिलोपोस्ट

पछिल्लो ११ दिनको नेपाल, थपिए २ सय नयाँ संक्रमित

काठमाडौं : कोभिड-१९ को पान्डेमिकको कारण विश्वभर ४७ लाख १३ हजार सात ६९ जना संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म विश्वभर तीन लाख १५ हजार एक सय ८७ जनाको मृत्यु भइसकेको छ।

गत पुसको पहिलो साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा एक महिना पछि माघको दोस्रो साता आइपुग्यो। माघ ९ गते चीनको वुहानबाट नेपाल आएका एक जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। यो नै नेपालको पहिलो आधिकारिक केस हो। त्यसयता दुई महिनापछि चैत ९ गते दोस्रो संक्रमण पुष्टि भयो।

सरकारले लकडाउन चैत ११ गते लागू गरेसँगै कोरोना संक्रमितहरुको ग्राफ पनि बढ्दै गयो। वेशाख १४ गते यो ग्राफ ५० कट्यो। त्यसको ११ दिनमा वैशाख २५ संक्रमितको संख्या १०० नाघ्यो।

संक्रमित हुनेहरुको संख्या गुणाङ्कका हिसाबले बढ्दै जाँदा अर्को पाँच दिनमा दुई सय नाघ्यो। अर्को पाँच दिन कट्न नपाउँदै यो संख्या तीन सय नाघेको छ।

Made with Flourish

सुरुवाती चरणमा लकडाउनलाई प्रभावकारी नबनाउँदा संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्दै गएको छ। सरकारले लकडाउन लगाएकै बेला सरकारी सुविधाको दुरुपयोग गर्दै काठमाडौंमै कोरोना भाइरसको संक्रमण भित्रियो।

सरकारले लकडाउन र सीमा सिल गरेको नामा सरकारी पासको दुरुपयोग गर्दै काठमाडौंबाट संक्रमित क्षेत्र पुगेर मानिसहरु फर्किए, कोरोनासँगै। उनीहरुलाई रोकेन्। तर, सीमापारी दशगजामा रोकिएका नेपालीहरुलाई उतै रोकियो। बाध्य भएर लुकिछिपि नेपाल प्रवेश गर्न थाले नेपाली। यसरी लुकिछिपी नेपाल प्रवेश गरेकाहरुमा संक्रमण बढी देखियो। संक्रमणको यो ग्राफमा प्रदेश ५ र प्रदेश दुईमा सय नाघेका छन्। भारतीय सीमावर्ती प्रदेशमा लुकिछिपी नेपाल आउने क्रम नरोकिँदा जोखिम समेत बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell