PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

यस्तो हुनेछ लिम्पियाधुरा सहित नेपालको नयाँ नक्सा, निशान छापपनि सच्याइने



यस्तो हुनेछ लिम्पियाधुरा सहित नेपालको नयाँ नक्सा, निशान छापपनि सच्याइने
सरकारले आधिकारिक रुपमा स्वीकृत गरेको नयाँ नक्सा सार्वजनिक हुन बांकी छ।

काठमाडौं : सोमाबार सरकारले लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सालाई स्वीकृत गर्‍यो। त्यसलगतै सामाजिक संजालमा नयाँ नक्साका तस्विरहरु सार्वजनिक भए। तर, सरकारले भने आधिकारिक नक्सा सार्वजनिक गरिसकेको छैन।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नापी विभाग र विज्ञहरुको टोलीले निर्माण गरेको नक्सा मन्त्रीपरिषदमा प्रस्तुत गरेकी थिइन्। उक्त नक्सा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नक्सामा भारतले आफ्नो राजनीतिक नक्सामा राखेको नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरिएको छ।

लिम्पियाधुरासहितको नक्सा पारित हुनु मोदी सरकारलाई ओली सरकारको काउन्टर, अब भारत वार्तामा आउँछ : सीमाविद् श्रेष्ठ

सरकारले आधिकारिक रुपमा नक्सा सार्वजनिक नगर्दासम्म चलनचल्तीमा नै रहेको नक्सा प्रयोग हुनेछ। नयाँ नक्सा जारी भएसँगै नेपालको संविधानमा रहेकोमा निशान छापदेखि सरकारी कार्यालय र अन्य प्रयोजनका लागि प्रयोग हुँदै आइरहेको नक्सा परिमार्जित गर्नुपर्नेछ।

सरकारले हाल संसदमा नयाँ नक्सा स्वीकृत गरेको बारेमा जानकारी दिने तयारी गरेको छ। यस्तै चाँडै नै निशान छाप संशोधन गर्ने तयारी समेत गरेको छ।निशान छाप सच्याउन भने संविधान संशोधन गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell