PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मनिषा कोइरालाविरुद्ध सुस्मा स्वराजका पतिको विवादास्पद बयान : चीनको भारतसँगको सीमा वीरगंजमा आइपुग्यो!



पहिलोपोस्ट

मनिषा कोइरालाविरुद्ध सुस्मा स्वराजका पतिको विवादास्पद बयान : चीनको भारतसँगको सीमा वीरगंजमा आइपुग्यो!

काठमाडौं : भारतीय पूर्व विदेशमन्त्री तथा भाजपाकी दिवंगत नेत्री सुस्मा स्वराजका पति स्वाराज कौशलले नेपाल भारत सीमालाई लिएर विवादास्पद टिप्पणी गरेका छन्।

उनले नेपाललाई 'चीनमा गाभ्दै' चीनको भारतसँगको सीमा वीरगंज आइपुगेको टिप्पणी गरेका छन्।

पछिल्लो समय नेपालले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतिर चर्चा बढ्दै गएको छ। भारतीय मिडियामा यतिबेला मनिषा कोइरालाको ट्वीटलाई लिएर उनीमाथि गालिगलौज भइरहेको छ। भारतीय मिडियाहरु मनिषामाथि खनिएका छन्। यस्तोमा भारतका पूर्व विदेश मन्त्री सुस्मा स्वराजका पति तथा मिजरोम राज्यका पूर्व गभर्नर तथा पूर्व सांसद स्वराज कौशलले पनि कोइरालाको ट्वीटप्रति टिप्पणी गरेका छन्।

'म तिमीसँग बहस गर्न सक्दिन मेरी बच्ची मनिषा कोइराला। मैले तिमीलाई सँधै आफ्नी छोरी मान्दै आएको छु। जब तिम्रो १९४२ अ लवस्टोरी प्रिमियर हुँदै थियो मलाई पनि निम्ता दिएकी थियौँ। त्यतिबेला मैले पूरै फिल्म हेर्न त सकिन। तर सुस्माले पूरै फिल्म हेरेकी थिइन्। त्यतिबेला बाँसुरी तिम्रो काखमा बसेकी थिइन्,' उनले मनिषालाई कोइराला परिवारको इतिहास पल्टाउँदै लेखेका छन्।

स्वराजले मनिषाका पितालाई प्रकाश कोइरालाई भाइ जस्तै र आमा सुषमा कोइरालालाई भाउजु र एक साथीको रुपमा मानेको र कठिन समय एकसाथ बिताएको समेत स्मरण गरेका छन्।

मनिषा कोइरालाको समर्थनमा विप्लव समूह, भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनी

उनले विपी कोइरालालाई पनि सम्झिएका छन्।

स्वराजले ट्वीट गर्दै माओवादीसँग मिलेर चीनसँग नजिक रहेको शक्तिले नेपालमा हिन्दु राजलाई अन्य गरेको भन्दै नेपालमा कम्युनिस्टहरुले भारतलाई प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन्।

'परम्परागत रुपमा चीन र भारतको सीमाना हिमालयसम्म थियो, अहिले चीनको भारतसँगको सीमा वीरगंजमा आइपुगेको छ,' उनले ट्वीट गरेका छन्।

'भारतको नेपालसँग गुनासो र नेपालसँग भारतसँग गम्भिर मुद्धा हुन सक्छन्। यो दुई देशको विषय हो। तिमीहरु कसरी चीनलाई घुसाउन सक्छौं। यो हाम्रा लागि गलत हो। र यो नेपालका लागि पनि राम्रो होइन्,' उनले अर्को ट्वीट थ्रेडमा लेखेका छन्, 'जब तिमीहरुले चीनलाई बोलाइरहेका छौं, तिमीहरुले हजारौं वर्ष पुरानो हामीसँगको सम्बन्धलाई भत्काइरहेका छौं। मुख्य कुरा तिमीहरुले आफ्नो सार्वभौम राष्ट्रको पोजिसनलाई आफैले घटाइरहेका छौं।'

भारतीय च्यानलमा मीनेन्द्र रिजालको पाठ : मैले के गर्नुपर्छ के गर्नु हुन्न तिमीले भन्ने होइन

उनले ठूलो चाबी आवश्यक भएकोसमेत टिप्पणी गरेका छन्। 'एउटा चाबी जसले हामी सबैको फतफताइरहने मुखलाई बन्द गर्छ। यो तत्कालको आवश्यकता हो हाम्रो छिमेकी देशसँगको सम्बन्धलाई थप विगार्नु अगाडि नै मुख बन्द गर्नुपर्छ,' उनले अगाडि भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell