
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालको निर्णय क्षमतामा प्रश्न नउठाउन भारतलाई आग्रह गरेका छन्।
भारतीय मिडिया, सेना प्रमुख तथा र राजनीतिक विश्लेषकले नेपाल चीनको इसारामा उचालिएको र लिपुलेक मुद्दा उठाएको आरोप तथा टिप्पणी गरिरहेका बेला नेता थापाले नेपाल आफ्नो निर्णय गर्न आफै सक्षम रहेको बताएका हुन्। उनले नेपालको निर्णय क्षमतामाथि प्रश्न नउठाउन भारतीयहरुलाई जवाफसमेत दिएका छन्।
थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको बताउँदै यो विषयमा आफूहरु सरकारको साथमा रहेको पनि उल्लेख गरेका छन्।
थापाले नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनीले नेपाल र केपी शर्मा ओली सरकार चीनको इसारामा भारतविरुद्ध बोलिरहेको र आफ्नो राजनीतिक उद्देश्यका लागि उचित सर्वेक्षण बिना नयाँ नक्सा जारी गर्ने जस्ता एकपक्षीय कार्य गरेको भनी ट्वीटरमा प्रश्न उठाएपछि जवाफमा निर्णय क्षमताको उपहास नगर्न सचेत गराएका हुन्।
यसअघि भारतीय स्थल सेनाप्रमुख मनोज मुकन्द नरवानेले नेपालले अर्कै (चीन)को इसारामा लिपुलेकको विषयमा कुरा उठाएको आरोप लगाएका थिए।
@SDMUNI we too disapprove of our PM’s unscientific remarks on the virus.
— Gagan Thapa (@thapagk) May 21, 2020
However,pls be clear that Limpiadhura,Lipulek &Kalapani are Nepal’s territory &we STRONGLY stand with our govt on this matter.
Also,dont ridicule or question Nepal's ability in making our own decisions! https://t.co/tYVvADFZ0Z