PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

११ जनाको परीक्षण गर्दा १५ जनाको पोजेटिभ रिपोर्ट ! अन्योलमा वडा अध्यक्ष



पहिलोपोस्ट

११ जनाको परीक्षण गर्दा १५ जनाको पोजेटिभ रिपोर्ट ! अन्योलमा वडा अध्यक्ष

काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष राम सोगारथ तेली शुक्रवार बिहानैदेखि तनावमा रहे। उनको वडाका १५ जनाको कोरोना परीक्षणमा पोजेटिभ देखिएको समाचार फैलिएसँगै उनको तनाव बढेको हो।

रामनगर गाउँपालिकाको ४ नम्बर वडामा रहेको तपस्वी जगदेव माविको क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना पोजेटिभ देखिएको हो। गत ७ गते भित्रिएका ११ जना र त्यसअघि आएका ४ जना वडा नम्बर ७ का बासिन्दा भएकाले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो।

वडा अध्यक्ष राम सोगारथ तेलीलाई संक्रमित देखिएकोमा तनाव भएको होइन रहेछ। तनाव त संक्रमितको संख्याले मात्र पारेको रहेछ। 'जम्मा ११ जनाको पीसीआर परीक्षण गरिएको थियो ७ नम्बर वडाको,' वडा अध्यक्ष तेलीले भने, '१५ जनामा संक्रमण देखियो भन्ने रिपोर्ट आयो।'

स्कुलमा रहेको क्वारेन्टाइनमा राखिएका सबैको थ्रोट स्वाब लिइएको थिएन। स्वाब नलिएकाकै कसरी पोजेटिभ आयो भन्ने विषयले उनलाई तनावमा पारेको हो। '४ जनाको पोजेटिभ कहाँबाट आयो अब कसरी बुझ्नु?,' उनले भने।

आफ्नो गाउँ भित्रिएकाहरु मुम्बईबाट आएको थाहा पाएपछि उनीहरुलाई क्वारेन्टाइनमा बुझाइएको उनले जानकारी दिए। 'पहिले नै ४ जना क्वारेन्टाइनमा थिए। बाँकी ११ जनालाई हामीले क्वारेन्टाइनमा बुझायौं,' उनले भने, 'हाम्रो वडाका यतिमात्र हुन् क्वारेन्टाइनमा।'

मन्त्रालयको वक्तव्यले पूरै अल्मल्याउने गरी ठेगाना राख्दा उनीमात्र होइन धेरै अलमलिएका छन्। 

यसैबीच दिउँसो स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा त्रुटि स्वीकार गरेको छ। भाषीक त्रुटि भएकाले आगामी दिनमा त्यस्तो नहुने जनाएको हो। १५ जनाको संक्रमण देखिएको भनिएक उक्त नगरपालिकामा एक जनामा मात्र संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको विवरणमा अर्को पनि त्रुटि, सह प्रवक्ताले भने : आगामी दिनमा स्पष्ट वक्तव्य दिन्छौं

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell