PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तिनै संक्रमित भए जसले आफ्नो कारलाई एम्बुलेन्स बनाएर निशुल्क सेवा दिइरहे...



कमलराज भट्ट

तिनै संक्रमित भए जसले आफ्नो कारलाई एम्बुलेन्स बनाएर निशुल्क सेवा दिइरहे...

काठमाडौं : कोरोना भाइरसको संक्रमण पुष्टि भएका बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुष समाजसेवी भएको खुलेको छ।

उनी लकडाउनले समस्यामा परेका विरामीको सेवाका लागि आफ्नो गाडीलाई एम्बुलेन्स बनाएर नि:शुल्क रुपमा चलाइरहेका थिए।

‘बुढानिलकण्ठ नगरपालिकाको स्थायी बासिन्दा हो। समाजसेवी हो। कहीँ पनि जानुभएको छैन। उहाँले लकडाउनको अवधिमा आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर सुत्केरी, विरामीलाई निशुल्क सेवा दिँदै आउनुभएको थियो। लकडाउन अवधिमा २ हजार भन्दा बढीलाई सेवा दिइसक्नुभएको छ,’ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले पहिलोपोस्टसँग भने। 

संक्रमित पुरुषले बुढानीलकण्ठमा ६ वटा गाडीलाई एम्बुलेन्स बनाएर नि:शुल्क सुविधा दिइरहेको उनले बताए।

मेयर खरेलले संक्रमित घरमै रहेको र अस्पताल लैजाने तयारी भइरहेको बताए। ‘विरामी टेकु अस्पतालका चिकित्सक टोलीको सम्पर्कमा हुनुहुन्छ। टोलीबाट रेस्क्यू हुँदैछ,’ उनले भने।

सम्बन्धित समाचार

निजी गाडीलाई एम्बुलेन्स बनाउने पछिल्ला संक्रमित थिएनन् समूहमा, एक्लै जुटेका थिए सेवामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell