PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेशनल मेडिकल कलेजलाई कारबाहीको लागि अघि बढ्यो प्रक्रिया



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजलाई कारबाहीको लागि अघि बढ्यो प्रक्रिया
File Photo : nepalcollegesearch

वीरगंज : वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालविरुद्ध कारबाही तथा छानबिन प्रकृया अघि बढेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले गृह मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक कारबाही एवं छानबिन गर्न अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

उनका अनुसार बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ करैया टोलका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको तर त्यस घटनामा अस्पताल व्यवस्थापन पक्षले चरम लापरबाही गरेको हुनाले आवश्यक कारबाही तथा छानबिन गर्न जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले यस्तो निष्कर्ष निकाल्दै आवश्यक कारबाही प्रकृया अघि बढाउने निर्णय गरेको हो। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले ४ बुँदे निर्णय सार्वजनिक गरेको छ।

निर्णयमा अस्पताललाई कारबाही गर्न प्रकृया अगाडि बढाउने उल्लेख छ। त्यस्तै, गत जेठ २ गते भर्ना भई जेठ ४ गते मृत्यु भएर शव बुझ्ने परिवार तथा उपचारमा संलग्न चिकित्सकहरुको ट्रेसिङ गर्ने, चिकित्सक तथा मलामी जानेहरुलाई क्वारेन्टाइनमा राख्ने, सबैको पीसीआर परीक्षण गर्ने निर्णय पनि गरिएको छ।

सो अवधिसम्म अस्पतालमा मृतकको उपचार भएको कक्षलाई सिल गर्ने निर्णय भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचार :

रिपोर्ट नआउँदै शव अन्त्येष्टि गर्न दिने नेशनल मेडिकल कलेज सिल, चिकित्सक र मलामी क्वारेन्टाइनमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell