PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एउटै भिडियोका कारण घट्यो 'टिकटक'को रेटिङ, गुगलले हटायो नकारात्मक समीक्षा



पहिलोपोस्ट

एउटै भिडियोका कारण घट्यो 'टिकटक'को रेटिङ, गुगलले हटायो नकारात्मक समीक्षा

गुगलले मनोरञ्जनात्मक एप टिकटकको लाखौं 'नेगेटिभ रिभ्यू' हटाएको छ। प्ले स्‍टोरमा उक्त एपको रेटिङ ४.५ बाट १.२ मा झरेपछि लाखौं नकारात्मक प्रतिक्रियाहरु हटाइएको हो।

भारतीय टिकटक स्टार फैजल सिद्दिकीले 'एसिड अट्याक' प्रोत्सहान गर्ने भिडियो बनाएको आरोप लागेपछि टिकटकको विरोध भएको थियो। लगत्तै फैजलको भिडियो डिलिट भयो।

फैजलले पनि आफ्नो गल्तीका लागि माफी मागेका थिए। तर सामाजिक सञ्जालहरुमा उनीविरुद्ध आवाज उठिरह्यो। भारतको राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले उनलाई कारवाही र सजायको मागसहित महाराष्ट्रका डिजिपीलाई पत्र पठाएकी थिइन्

कानुनी प्रक्रियासँगै टिकटकको 'नेगेटिभ रिभ्यू' हुने क्रम रोकिएन। त्यसैले १ करोड ३४ लाख फलोअर्स भएको फैजलको अकाउन्ट नै 'सस्पेन्ड' भयो। साथै टिकटकविरुद्धको भर्चुअल आन्दोलनमा मात्र सक्रिय फेक अकाउन्ट हटाएको हो।

तर गुगलले यस्तो कदम चाल्दा पनि टिकटकको रेटिङ दुईभन्दा कम छ।

सिद्दिकीले एक टिकटक भिडियोमा फैजलले एक युवतीलाई गाली गरिरहेका हुन्छन्। अर्को युवकका लागि आफूलाई लत्याएका आरोप लगाउँछन् र अचानक हातमा भएको भाडाको पानी ती युवतीलाई छ्याप्छन्। दोस्रो दृश्यमा त्यहाँ युवती देखिन्छिन् जसको अनुहारमा 'एसिड अट्याक' भएको झल्काइन्छ। भिडियो सार्वजनिक भएको केही समयमै आलोचनासहित भाइरल भयो। .

'हामी प्रयोगकर्ताको सुरक्षामा चुनौती निम्त्याउने, शारीरिक असर र अन्य हिंसा प्रोत्सहान गर्ने सामाग्री राख्न दिँदैनौं', टिकटकका प्रवक्ताले बीबीसीसँग भनेका छन्,'फैजलले टिकटकको निर्देशन विपरित काम गरेका हुन्। त्यसैले हामीले उक्त सामाग्री तत्काल हटायौं र सम्बन्धित अकाउन्ट समेत सस्पेन्ड गरेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell