PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

गीतकार रत्नशम्शेरको पार्थिव शरीरमा गगनले ओढाए राष्ट्रिय झण्डा, आर्यघाटमा अन्त्येष्टि



पहिलोपोस्ट

गीतकार रत्नशम्शेरको पार्थिव शरीरमा गगनले ओढाए राष्ट्रिय झण्डा, आर्यघाटमा अन्त्येष्टि

काठमाडौं: बिहीवार निधन भएका वरिष्ठ गीतकार रत्नशम्शेर थापाको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले नेपालको राष्ट्रिय झण्डा ओढाएका छन्।

शुक्रवार विहान आर्यघाट नजिकै आयोजित श्रद्धाञ्जली सभामा गगनले राष्ट्रिय झण्डा ओढाएका हुन्। गगन थापा बस्ने काठमाडौं क्षेत्र नम्बर ४ का सांसद हुन्।

श्रद्धाञ्जली सभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आउने भनिए पनि उनी नआएपछि सो क्षेत्रका सांसद गगनले गीतकार थापालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान सहित अन्तिम श्रद्धाञ्जली दिएका हुन्।

श्रद्धाञ्जली सभामा गगनले गीतकार थापा हामी माझमा नरहे पनि पुस्तौ पुस्तासम्म उनको गीतबाट मुटुमा सजाएर राख्ने बताए। ‘हाम्रो दरसन्तानले नेपालको संगीत क्षेत्रको श्रष्टाहरु सम्झिँदै गर्दा सम्मानपूर्वक सम्झने थोरै नामहरु मध्ये उहाँको नाम रहन्छ। हामी सम्झिरहने छौं,’ उनले भने।

उनले थपे, ‘मेरो लागि अझै विशिष्ट हुनुहुन्छन। म उहाँको क्षेत्रको जनप्रतिनिधि भएको हिसाबमा र त्यो समब्न्धले गर्दा निजी र व्यक्तिगत स्मरणका कुराहरु छन्। सधैभरी उहाँका सिर्जनाहरु हाम्रो माझमा रहिरहनेछन्।’

लामो समयदेखि ढाडको समस्याबाट पीडित ८३ वर्षीय थापाको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसो १ बजे निधन भएको थियो।

श्रद्धाञ्जली सभामा कलाकारहरु उपस्थित थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

गीतकार थापाले घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, विछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो, पन्छीमा राम्रो डाँफे, स्वर्गकी रानी मायाकी खानी, जाग लम्क चम्क हे, गोरेटो त्यो गाउँको लगायत दर्जनौं कालजयी गीतहरु लेखेका छन्। उनको शब्दमा स्वर सम्राट नारायण गोपाल गुरवाचार्य, प्रेमध्वज प्रधान, योगेश वैद्य लगायतले स्वर दिएका छन्।

उनको जन्म सन् १९३९ मा भएको हो। उनका कविता संग्रहहरु 'चक्ला भरीको घाम', 'ताराका काँचा रङ्ग' र गीति संग्रह 'ओभानो सिउँदो' र 'रुझेका परेला' सार्वजनिक छन्।

थापा देवकोटा साहित्य पुरस्कार, युग कवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, साधना सम्मान, हिट्स एफएम लाइफ टाइम अचिभमेन्ट अवार्ड, छिन्दलता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएका छन्।

सम्बन्धित समाचार

घुम्तीमा नआउ है... नफर्किने गरी गए रत्न शमशेर थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell