PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो १९८



पहिलोपोस्ट

कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो १९८

काठमाडौं : कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितको तथ्यांक अद्यावधिक गर्दै संक्रमितको संख्या १९८ पुगेको जनाएको छ।

प्रदेश अस्पताल, सुर्खेत/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  

नयाँ पुष्टि भएका संक्रमित मध्ये दैलेख जिल्लाका १७ जना छन्। त्यस्तै सल्यानका १५ जना र सुर्खेतका पाँच जना रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये सबैभन्दा बढी दैलेखको नारायण नगरपालिकाका १६ जना रहेका छन्। त्यस्तै सल्यानमा पुष्टि भएका सबै बनगाड पुपिन्डेका हुन्।

सुर्खेताका संक्रमित बराहताल गाउँपालिकाका हुन्।  

यसअघि आइतवार राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा ४३ जनामा संक्रमण पुष्टि भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell