PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

संघीयता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने



पहिलोपोस्ट

संघीयता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

काठमाडौं : राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। संघीयता खारेजीको माग राख्दै संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा लागेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।

उनले संघीयता खारेजको विषय संविधानमा नै समावेश गर्नेगरी प्रस्ताव गरिने जानकारी दिइन।

संशोधन प्रस्ताव दर्ताका प्रक्रिया बुझ्नका लागि जनमोर्चाका केही नेता मंगलवार संसद सचिवालय पुगेका थिए।

संशोधनको फर्म्याट भने तयार भइनसकेको पोडैलेको भनाई छ।

'हामीले संघीयता खारेका लागि संशोधन प्रस्ताव दर्ता गर्न लागेका हौं। विभिन्न प्रक्रिया हुने भएकाले फर्म्याट तयार भएको छैन्,' उनले भनिन्।

भोलि संसदमा संशोधनको प्रस्ताव दर्ता हुने पौडेलको भनाई छ।

जनमोर्चाले संघीयता नेपालले धान्न नसक्ने भन्दै विरोध गर्दै आएको छ।

सोमवार राजपा र समाजवादी दलले संघीय संरचना नै परिवर्तनको प्रस्ताव गरी संविधान संशोधन विधेयक संसदमा दर्ता गरेका थिए।

सरकारले निशान छाप परिवर्तनका लागि संशोधन ल्याएपछि आफ्ना एजेण्डामा बार्गेनिङ गर्ने उद्देश्यबाट दुई दलले पुराना मुद्दालाई पुनः ब्यूँताएका हुन्।

प्रस्तावमा न्यायपालिकाको स्वरुप पनि परिमार्जन, प्रदेशको सीमा हेरफेर लगाएतका एजेण्डा छन्।

मंगलबार नेपाली कांग्रेसले पनि संविधान संसोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। काँग्रेसले मधेशका मुद्दलाई समेटेर संशोधन दर्ता गर्न लागेको हो। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेकै बेला दर्ता भएको विधेयक तत्कालीन नेकपा एमालेले सहमति नजनाएपछि सफल हुन सकेको थिएन। सोही विधेयक काँग्रेसले ब्युँताउन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell