PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'आइसिसीले देख्दैन म जस्ता मानिसहरुसँग के भइरहेको छ?'



पहिलोपोस्ट

'आइसिसीले देख्दैन म जस्ता मानिसहरुसँग के भइरहेको छ?'

अमेरिकामा अश्वेत जातिका जर्ज फ्लोइडको श्वेत प्रहरीले घुँडाले गर्धनमा किचेर मारेको भिडियो सार्वजनिक भएसँगै अमेरिकामा हिंसा भड्किएको छ। अमेरिकामा मात्र होइन विश्वभर फ्लोइडलाई न्याय मिल्नुपर्ने भन्दै आवाज उठिरहेको छ। विभिन्न खेलाडीहरुले पनि फ्लोइडलाई न्याय मिल्नुपर्ने र यस्तो भेदभाव हटाइनु पर्ने भन्दै टिप्पणीहरु गरेका छन्।

यसैबीच वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व विश्वविजेता कप्तान डरेन समीले आइसिसी लगायत क्रिकेट क्रिकेट संस्थाहरु यस विषयमा मौन रहेको प्रति तीब्र असन्तुष्टी पोखेका छन्।

'यो भिडियो हेरेपछि पनि यदि क्रिकेट क्षेत्र अश्वेतमाथि भइरहेको यो अन्यायका विरुद्ध बोल्दैन भने उसलाई पनि समस्याको हिस्साका रुपमा लिइने छ,' उनले लेखेका छन्, 'आइसिसी र अन्य क्रिकेट बोर्डहरु म जस्तो अश्वेतमाथि के भइरहेको छ देख्दैन?'

सम्बन्धित समाचार: फ्लोइड हत्याले खेलकुदमा पनि उठायो रंगभेदको बहस

उनले अमेरिकामा मात्र नभएर हरेक दिन सबैतिर हुनेगरेको दाबी गरेका छन्। उनले लेखेका छन्: यो चुप लाग्ने समय होइन म सुन्न चाहन्छु।

'लामो समयदेखि अश्वेतहरुले सहँदै आएका छन्। म अहिले सेन्ट लुसियामा छु र मलाई जर्ज फ्लोइडको मृत्यु प्रति दुख छ। के तपाइँहरु परिवर्तन ल्याउनका लागि साथ दिनुहुन्छ?' उनले लेखेका छन्, 'ब्लाक लाइफ म्याटर्स'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell