PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अघिअघि राजपा-समाजवादी, पछिपछि कांग्रेस सांसदः एक दिनको फरकमा दर्ता भयो करिब हुबहु संशोधन विधेयक



पहिलोपोस्ट

अघिअघि राजपा-समाजवादी, पछिपछि कांग्रेस सांसदः एक दिनको फरकमा दर्ता भयो करिब हुबहु संशोधन विधेयक

काठमाडौंः मंगलबार कांग्रेसका आठ सांसदहरुले संविधान संशोधन विधेयक दर्ता गराएका छन्। पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार संसदीय दलले कुनै निर्णय नगर्दै सांसदहरुले विधेयक दर्ता गरेका हुन्। प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, उमाकान्त चौधरी, चित्रलेखा यादव, नमिता चौधरी, पद्मनारायण चौधरी, अभिषेकप्रताप शाहले संशोधन विधेयकमा हस्ताक्षर गरेका छन्।  

कांग्रेस सांसदहरुका तर्फबाट दर्ता विधेयक मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले दर्ता गरेको विधेयकसँग करिब हुबहु छ। केही भाषामा फरकपन बाहेक दर्ता विधेयक हुबहु नै छ। संशोधनका लागि प्रस्ताव गरिएका धारा र स्पिरिट एकै छ। 

पढ्नुस्ः स्थानीय तहलाई किन प्रदेश मातहत राख्न चाहन्छन् राजपा - समाजवादी?

राजपा–समाजवादीको संयुक्त संशोधन विधेयकमा लोकपाल विधेयक, संविधानका केही अनुसूची खारेज र स्थानीय तहलाई प्रदेश मातहत राख्ने विषय पनि समावेश थिए। कांग्रेस सदस्यहरुले दर्ता गरेको विधेयक उक्त विषय समावेश छैन। बाँकी संशोधनका विषयवस्तु एकै छन्। 

कांग्रेस सदस्यहरुले धारा, ७ को भाषा आयोगको व्यवस्था, धारा ११ को वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था संशोधनको पक्षमा विधेयक दर्ता गरेका छन्। जुन राजपा–समाजवादीको संयुक्त संशोधनमा पनि उल्लेख छ। 

धारा ५६ को संघीय संरचना पुनरावलोकन प्रस्ताव कांग्रेस सदस्यहरुको विधेयकमा उल्लेख छ। यस्तै धारा २८२ तथा २८३ को संशोधनको व्यवस्था कांग्रेस सदस्यको विधेयक र राजपा–समाजवादीको संशोधनको माग एकै छ। 

सीमाङ्कन हेरफेरमा आयोग गठन कांग्रेस तथा राजपा–समाजवादीको संयुक्त संशोधनमा पनि छ। 

पढ्नुस् विधेयक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell