PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

यमनमा देखियो सलहको यस्तो फौज, धपाउन हम्मेहम्मे

यमनमा देखियो सलहको यस्तो फौज, धपाउन हम्मेहम्मे


सबै फोटो : Xinhua

यमनको धमर प्रान्तमा सलह कीराको फौज देखिन थालेको छ। शनिवारमात्र यो प्रान्तको बाली लगाइएको ठाउँमा लागेका सलह हटाउन किसानलाई हम्मेहम्मे परेको दृश्य देखिएको थियो।

सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो। यो सामान्य फट्याड़ग्राभन्दा ठूलो र यसको पछाडिको खुट्टा फट्याड़ग्राभन्दा लामो हुने गर्दछ। यसैकारण यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ। यो कीरा झुण्डमा आक्रमण गर्छ। झुण्डमा रहने यी कीराहरुले सेरोटोनिन नामक हार्मोन आ-आफ्नो मस्तिष्कमा उत्पादन गर्छन जसले यिनीहरुलाई समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामुहिक काम गर्छन्। अरु कीराहरु कुनै निश्चित समूहको बालीमा मात्रै खाने गर्दछन् भने सलह व्यापक जातको बाली र अझै भनौँ बोटबिरुवा पनि खाने गर्दछ।

सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोडजति सलह हुन्छन्। यी झुण्ड प्रत्येक दिन १० माइलको यात्रा तय गर्ने गर्दछन्। ठाँउ र समयसँगै यी कीराहरू आफ्नो रंग र रुप पनि परिवर्तन गरेको पाइन्छ।

सम्बन्धित समाचार

सलह महामारी के हो, अन्नबालीमा यसको आक्रमणबाट कसरी जोगिने?
कोरोनाको बेला सलहका कुरा : पुराना कहर सम्झिँदा बुढापाका अहिले पनि हुन्छन् चिन्तित



ट्रेन्डिङ पोस्ट

Ncell