PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र



पहिलोपोस्ट

सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो।

बुधवार बिहान कांग्रेस नेताहरुले ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेपाली कांग्रेसको जेठ २६ गतेको केन्द्रीय समिति वैठकले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा असफल भएको निष्कर्ष निकालेको थियो।

सरकारले कोरोना नियन्त्रणमा चालेका कदमहरु असफल भएको भन्दै बैठकले सरकारलाई दर्जन बढी माग राखेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

क्वारेन्टाइन ब्यवस्थित नभएको, स्वास्थ्य उपकरणको अभाव, पारदर्शितामा सरकार चुकेको लगायतका कांग्रेसको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell