PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

प्रधानमन्त्रीले भने: योगी आदित्यनाथले नेपाललाई धम्काउन खोज्नु निन्दनीय, हामी हेपिन तयार छैनौं



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने: योगी आदित्यनाथले नेपाललाई धम्काउन खोज्नु निन्दनीय, हामी हेपिन तयार छैनौं

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिमा आपत्ति जनाएका छन्।

संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले योगीको अभिव्यक्ति जायज नभएको बताए। ‘त्यसरी भन्नुभएको भने जायज होइन। नेपाललाई धम्काउन खोज्नुभएको हो भने निन्दनीय छ। म यति नै भन्छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले योगी केन्द्रीय सरकारको निर्णायक व्यक्ति नभए पनि मुख्यमन्त्रीको हिसाबले त्यस्तो बोल्नु उचित नभएको दोहोर्‍याए। ‘त्यसरी नबोलिदिनुपर्थ्यो। यो अभिव्यक्तिलाई नेपालमाथिको अपहेलनाको रुपमा लिन्छौं। नेपाल हेपिन तयार छैन। हेपिन मान्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु,’ ओलीले भने।

मुख्यमन्त्री आदित्यनाथले नेपाल र भारतबीचको सीमा विवादमा नेपालले तिब्बतले जस्तै गल्ती दोहोर्‍याउन नहुने बताएका थिए।

भारत र नेपाल दुई राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै भारतीय समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा योगीले भनेका थिए, ‘ धेरै शताब्दीदेखि दुवै देशको सांस्कृतिक, ऐतिहासिक र पौराणिक सम्बन्ध छ। नेपालले यसलाई बिर्सन हुँदैन।’

सम्बन्धित समाचार

उत्तर प्रदेशका मुख्यमन्त्री योगी भन्छन्, ‘नेपालले तिब्बत जस्तै गल्ती दोहोर्‍याउन हुँदैन’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell