काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा पीसीआर विधिको परीक्षण बढाउन माग गर्दै प्रदर्शनमा उत्रेका प्रर्दशनकारी माथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा प्रहार गरेको छ।
लकडाउनको समयमा सरकारले काम असन्तुष्टि जनाउँदै नक्सालमा विरोधमा उत्रिएका प्रर्दशनकारी माथि दुई राउण्ड अश्रु ग्यास प्रहार भएको हो। त्यस्तै उनीहरु माथि पानीको फोहोरा समेत हानिएको छ। केही प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक संजालमा सक्रिया इन्फ इज इन्फ ग्रपको आह्वानमा केहीदिन अघि वालुवाटारमा प्रदशर्न भएको थियो। हात यस समूहमा आबद्ध भइ देशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ।
यो पनि पढ्नुहोस्ः