PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

साउदीबाट चार उडान हुँदै, यस्तो छ भाडादर



पहिलोपोस्ट

साउदीबाट चार उडान हुँदै, यस्तो छ भाडादर

काठमाडौं : साउदी अरबमा रहेका नेपालीलाई स्वेदश फर्काउनका लागि चार वटा उडान हुँदै छन्। आगामी सोमवार पहिलो पटक साउदी अरबको दम्मामबाट हिमालय एयरलाइन्सको फ्लाइट ए ३२० ले नेपालीलाई स्वदेश फर्काउने छ। त्यस्तै जुन १८ बिहीवार रियादबाट नेपाल एयरलाइन्सको फ्लाइट ए ३३० ले नेपाली फर्काउने छ।

त्यस्तै, १९ जुनमा हिमालय एयरलाइन्स र २४ जुनमा नेपाल एयरलाइन्सले उडान गर्ने तय भए पनि उडान कुन शहरमा हुने भन्ने एकिन भइनसकेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ।

यो पनि पढ्नुस् : सरकारले तोकेको भन्दा आधा सस्तोमा ओमनबाट आउँदै नेपाली, पीसीआर परीक्षण गराएर आउनेले सोझै होम क्वारेन्टाइनमा जान पाउने

दूतावासले भाडादर पनि सार्वजनिक गरेको छ। जसअन्तर्गत् रियादबाट ६३० डलर दम्मामबाट ५९० र जेद्दाबाट ७७० डलर लाग्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell