PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चार जना थपिएपछि गण्डकीमा संक्रमितको संख्या १९२



पहिलोपोस्ट

चार जना थपिएपछि गण्डकीमा संक्रमितको संख्या १९२

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ। आज ११:४५ बजे प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जारी गरेको विज्ञप्तिअनुसार ४ जनामा संक्रमण देखिएको हो।

नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ५९ उमेर समूहका चार जनामा संक्रमण देखिएको हो। उनीहरुलाई नवलपरासीको रजहर स्थित सामुदायिक प्रकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ।

आज बिहानमात्रै गण्डकीमा ३७ जना संक्रमित देखिएका थिए। यससहित एकै दिन गण्डकीमा ४१ जना संक्रमित भेटिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell