PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

क्रिकेट प्रशिक्षकका रुपमा नेपाल आउने चर्चामा रहेका लालचन्द जिम्बावेमै रहने



पहिलोपोस्ट

क्रिकेट प्रशिक्षकका रुपमा नेपाल आउने चर्चामा रहेका लालचन्द जिम्बावेमै रहने

नेपाल अमेरिका र ओममबीचको त्रिकोणात्मक सिरिजसँगै नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिए। त्यो सँगै बहस शुरु भयो, नेपाली क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकको। त्यसो त त्यही बिचमा नेपालले एउटा सिरिज पनि खेल्यो। जसमा प्रशिक्षण जगत टमाटाले सम्हालेका थिए।

लगभग लकडाउन सुरु हुँदादेखि नेपाली टिमको प्रशिक्षकका रुपमा एउटा नाम आयो लालचन्द राजपुत। हाल जिम्बावेका मुख्य प्रशिक्षक रहेका राजपुतलाई नेपाली क्रिकेट संघ (क्यान)ले नेपाल भित्र्याउन प्रयास पनि गरेको थियो। अझ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भारत गएर बिसिसिआईका पदाधिकारीहरु भेट्दा स्पस्ट संकेत थियो : नेपालले भारतीय प्रशिक्षक ल्याउन प्रयास गरिरहेको छ।

राजपुतसँग कुरा अघि बढिरहेको भने पनि आर्थिकलगायत महत्वपूर्ण पाटाहरुमा कुराकानी स्पस्ट नभइसकेकाले औपचारिक रुपमा कुराकानी नभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउँदै आएका थिए। त्यस्तै उनीसँगै अन्य प्रशिक्षकसँग पनि कुराकानी क्यानले चलाइरहेको बताएको थियो।

यसैबीच जिम्बावे क्रिकेटले राजपुतको भनाइलाई उद्धृत गर्दै राजपुतले आफ्नो ३ वर्षे करारलाई पूर्णता दिने बताएको उल्लेख गरेको छ। राजपुतको जिम्बावे क्रिकेटसँग सन् २०२१ सेप्टेम्बरसम्मका लागि करार रहेको छ।

यता क्यानसँग कुरा हुँदा भने राजपुतले 'सन् २०२० भन्दा पछि जिम्बावेमा निरन्तरता दिन्न होला' भन्ने आशयमा कुराकानी अघि बढाएको क्यानका पदाधिकारी बताउछन्।

यो सँगै अघि बढ्दै गरेको क्रिकेटमा प्रशिक्षक नियुक्तिको प्रकृया फेरि सुरुमै पुगेको हो कि भन्ने देखिन्छ।

नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेल बहस धेरै तिर चलाइएको भए पनि यसै भन्ने अवस्था नरहेको बताउँछन्।

'जसरी अहिले राजपुतजीको केस भयो, उहाँहरुको वर्किङ स्टेसन के हुने, देशले के गर्ने, क्यालेन्डर के हुन्छ भन्ने कुराको निर्क्योल नभइ कसैले कतै केही निर्णायत्मक कुरा गर्नसक्ने अवस्था छैन,' उनले भने, 'त्यसैले हामीले कुरा गरेको ठाउँमा यस्तै अवस्था रहेकाले अहिले नै केही भनिहाल्न सकिने अवस्था छैन।

सम्बन्धित समाचार; प्रशिक्षक खोज्दै क्यान: को आउँदै छ नेपाली टिमको प्रशिक्षक बनेर?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell