PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

कोरोना भोगेकी प्रसिद्धिको प्रधानमन्त्री ओलीलाई चेतावनी, 'कोरोनाबारे बकवास नबोल्नुस्'



पहिलोपोस्ट

कोरोना भोगेकी प्रसिद्धिको प्रधानमन्त्री ओलीलाई चेतावनी, 'कोरोनाबारे बकवास नबोल्नुस्'

काठमाडौं : कोरोना संक्रमणबाट निको भएर घर फर्केकी प्रसिद्धि श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन्।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सेयर गर्दै कोरोनाबारे यस्तो बाकवास कुरा गर्न नहुने बताएकी हुन्।

प्रधानमन्त्री ओलीले बिहीवार राष्ट्रिय सभामा सम्बोधनका क्रममा कोरोनालाई तातोपानी खाएर हाछ्यु गरी उडाइदिनुपर्छ भनी अभिव्यक्ति दिएका थिए।

'कोरोना भनेको एउटा रुघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युसाछ्यु गर्नुपर्छ। तातोपानी खानुपर्छ। उडाइदिनुपर्छ,' प्रधानमन्त्री ओलीले भनेका थिए।

यही भिडियोबारे प्रसिद्धिले कोरोना अन्य सामान्य फ्लूजस्तो नभएकोले हल्का रुपमा लिन नहुनेसमेत बताएकी छिन्।

उनले भनेकी छिन्, 'जसले कोभिड १९ भो भोगेको छ, मैले पनि भोगेकी छु। यो कुनै सामान्य फ्लू जस्तो हैन। यस खालको बिरामीलाई सास फेर्नै गाह्रो हुन्छ, शरीर शिथिल हुन्छ र कुनै उत्साह हुँदैन। कृपया बिरामीको दुखाईलाई आफ्नो मनोरञ्जनको विषय नबनाउनुस्। यस्तो बकवास त अति नै भयो।'

प्रसिद्धि फ्रान्सबाट नेपाल आइपुगेपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो। उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा २७ दिनसम्म उपचार गराएकी थिइन्।

फ्रान्सबाट फर्केर घरमा नै 'स्ट्रिक्ट सेल्फ क्वारेन्टाइनमा' बसिरहेकी उनलाई घर आएको चार दिनपछि उनको भियतनामी साथीलाई कोभिड १९ पोजिटिभ देखिएको थाहा पाउने बित्तिकै उनी टेकुस्थित अस्पताल पुगिन् र कोभिड १९ को परीक्षण गराएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell