
पाकिस्तानी क्रिकेट टिमका सदस्य मोहम्मद हाफिजले आज आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। उनले ट्वीटरमा कोरोना रिपोर्टको फोटो राख्दै आफ्नो कोरोना परीक्षण नेगेटिभ आएको बताएका हुन्।
मंगलवारमात्र मोहम्मद हफिजसहित इङल्याण्ड टुरमा जाने भनिएका ७ जना पाकिस्तानी क्रिकेटरमा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै सोमवार ३ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
पाकिस्तानी क्रिकेट टिम २८ जुनमा इङल्याण्ड जाने तयारीमा छ।
हफिजले पाकिस्तान क्रिकेट बोर्डले गरेको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि ब्याक्तिगत रुपमा आफ्नो र परिवारको कोरोना परीक्षण गर्दा आज कोरोना संक्रमण नेगेटिभ देखिएको ट्वीटमार्फत उल्लेख गरेका हुन्।
After Tested positive COVID-19 acc to PCB testing Report yesterday,as 2nd opinion & for satisfaction I personally went to Test it again along with my family and here I along with my all family members are reported Negetive Alham du Lillah. May Allah keep us all safe 🤲🏼 pic.twitter.com/qy0QgUvte0
— Mohammad Hafeez (@MHafeez22) June 24, 2020
'पिसिबीको हिजोको रिपोर्ट पोजेटिभ आएसँगै सन्तोषका लागि मैले मेरो परिवारसहितको कोरोना परीक्षण गराएँ,' उनले लेखेका छन्, 'यसमा मेरोसहित परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अल्लाहले हामी सबैलाई सुरक्षित राखुन्।'
यसअघि कोरोना संक्रमण नपाइएका खेलाडीहरु इङ्ग्ल्याण्ड जाने पाकिस्तान क्रिकेट बोर्डले स्पस्ट पारिसकेको छ। अगस्टको सुरुमा पाकिस्तान र इङल्याण्डबीच तीन टेस्ट र तीन टी २० सिजिजको तयारी छ। इङल्याण्ड टुरका लागि पिसिबीले यसअघि २९ सदस्यीय टोलीको घोषणा गरेको थियो।
सम्बन्धित समाचार