PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माधव नेपालबाहेक शीर्ष नेताले फुकाले 'कोरोना बुटी'



कुञ्जरमणि भट्टराई

माधव नेपालबाहेक शीर्ष नेताले फुकाले 'कोरोना बुटी'
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा कोरोना डिजिटल बुटीको प्रवेशसँगै यसले चर्चा पाएको छ।

लामो सयम विवादकाबीच स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक बुधवार सुरु भयो। कोरोना त्रासकाबीच शुरु भएको बैठकमा कोरोनाबाट बच्न भन्दै शुरुकै दिन वरिष्ठ नेता माधव नेपालले कोरोना रोक्ने भन्दै सहभागी पार्टीका नेताहरुलाई 'लकेट' बाँडे। 'भाइरस रिमुभिङ कार्ड' लेखिएको उक्त कार्डमा सबैले घाँटीमा भिरेको तस्विरमा देखिन्छ।

एउटा तस्विर यस्तो छ, जहाँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै चाख मान्दै कार्ड हेरिरहेका छन्।

उक्त कार्ड चीनमा बनेको खुल्यो। शुक्रवार बैठक चल्दै गर्दा यसको असुरक्षाबारे समाचारहरु प्रकाशन भए।

यो पनि : माधव नेपालले बाँडेको 'कोरोना डिजिटल बुटी', स्वास्थ्यका लागि घातक : तथ्यभन्दा हल्ला बढी

कार्डले कोरोनाबाट जोगाउनेभन्दा पनि बेफाइदा बढी गर्ने समाचारहरु आएपछि स्थायी कमिटीमा शीर्ष नेताहरुले कोरोना भगाउने बुटी फुकालेका छन्।

शनिवारको बैठकको फोटोमा शीर्ष नेताको लाइनमा रहेकाहरुमा वरिष्ठ नेता नेपालबाहेक अरु नेताहरुले उक्त कार्ड भिरेको देखिँदैन। स्थायी कमिटी सदस्यहरुले केहीले लगाएको देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell