PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

नेपालमा सलहको प्रवेश : बारा र सर्लाहीमा देखियो, तराईका अधिकांश जिल्लामा आइपुगेको आशंका



राधेश्याम पटेल

नेपालमा सलहको प्रवेश : बारा र सर्लाहीमा देखियो, तराईका अधिकांश जिल्लामा आइपुगेको आशंका

वीरगंज : नेपालमा सलह कीरा देखिन थालेको छ। प्रदेश २ को बारा र सर्लाही जिल्लामा सलह देखिएको हो।

निजगढ नगरपालिका वडा १३ का वडाध्यक्ष सूर्य घ्लानले सलह कीरा देखिएको भिडियो सामाजिक सञ्जालमा राखेका छन्। उनले राखेको भिडियोमा सलह धेरै देखिएको छैन। यो ग्रुपमा नभएको अवस्थाको भएको बताइएको छ। 

बाराको निजगढ नगरपालिकाको १४ वडामध्ये १० वडामा सलह देखिएको हो। ४ देखि १३ वडासम्म सलह देखिएको घ्लानले बताए।

सलह कीरा देखिएपछि कृषि अनुसन्धान केन्द्रको टोली बारा पुगेको छ। सलह कीरा तराईका अधिकांश जिल्लामा आइसकेको आशंका विज्ञले गरेका छन्।

नेपालमा सलहको प्रवेश : बारा र सर्लाहीमा देखियो, तराईका अधिकांश जिल्लामा आइपुगेको आशंका https://pahilopost.com/content/20200627144054.html

Posted by PahiloPost on Saturday, June 27, 2020

सर्लाहीको नवलुपरमा समेत सलह कीरा देखिएको बताइएको छ।

यसअघि नेपालमा सलह कीराको प्रभाव नपर्ने दाबी कृषि विज्ञहरुले गरेका थिए।

सलह महामारी के हो, अन्नबालीमा यसको आक्रमणबाट कसरी जोगिने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell