PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

मृत्युपछि कोरोना पुष्टि : अछाममा आइतवार मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ



एम बम

मृत्युपछि कोरोना पुष्टि : अछाममा आइतवार मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ

कैलाली : अछाममा आइतवार मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ। अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको बताइन्। उनीसँगै रामारोशन गाउँपालिकामा मंगलवार २७ जनामा कोरोना पुष्टि भएको उनको भनाइ छ।

भारतबाट गौरिफन्टा नाका हुँदै जेठ २७ गते उनी अछाम पुगेका थिए। क्वारेन्टाइनमा बसेर होम आइसोलेसनका लागि घर गएका रामारोशन-५ का ४५ वर्षीय पुरुषको गत आइतवार दिउँसो मृत्यु भएको हो।

उनी भारतबाट आएर १४ दिन वडाकै कैलाशेश्वर घट्टे खेति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेपछि होम आइसोलेसनका लागि घर पठाइएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी मधुमेहका बिरामी समेत रहेको बताइएको थियो।

उनको मृत्यु भएकै दिन दाहसंस्कार गरिएको थियो। उनलाई आरडीटी नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।

अछाममा भारतबाट आएर क्वारेन्टाइनको १४ दिने बसाइँपछि घर गएका एक जनाको मृत्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell