PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खुमलटारमा ६ सचिवालय सदस्यको भेला, नेकपामा अब के होला?



कुञ्जरमणि भट्टराई

खुमलटारमा ६ सचिवालय सदस्यको भेला, नेकपामा अब के होला?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सचिवालय सदस्यहरुले आगामी रणनीतिबारे छलफल गरेका छन्।

शनिवार दिउँसो पार्टी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डको निवास खुमलटारमा छलफल भएको हो। वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा सहभागी थिए।

सचिवालयका ६ जनाको भेलाले जारी स्थायी कमिटी बैठकबाट पार्टीलाई एकताबद्ध बनाएर जाने निर्णय गरेको सहभागी सदस्यले बताए।

'हामी ६ जना सचिवालय सदस्यहरुले अनौपचारिक छलफल गर्‍यौं। पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्छ। स्थायी कमिटीको बैठकबाटै पार्टी र सरकारमा भएका समस्याहरुलाई हल गर्नुपर्छ भन्ने विषयमा छलफल भयो,' ती सदस्यले सुनाए।

शुक्रवार अध्यक्ष प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन घण्टा लामो छलफल गरेका थिए। छलफलबाट ठोस निश्कर्ष निस्कन सकेन। दुवै अध्यक्ष आ आफ्नो अडानमा रहिरहेकाले कुनै निचोड निस्किन सकेन।

आजको स्थायी कमिटी बैठक पनि स्थगित भयो। दुई अध्यक्षबीच अर्को चरण वार्ता गर्ने सहमति भएपछि बैठक सोमवारसम्मका लागि रोकिएको हो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् भने आज साँझ नै मन्त्रीहरुलाई बालुवाटार डाकिएको छ।

यो पनि पढ्नुस् :

एकाएक प्रम ओली शीतल निवासतिर, मन्त्रीहरुलाई सात बजे बालुवाटार बोलाइयो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell